सुमो र बाइक जुध्दा आगलागी, एक जनाको मृत्यु, एक घाइते
२०८२ असार ८ गते

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका-५ पटनीमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक भारतीयको मृत्यु भएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन जलेर नष्ट भएका छन् ।
राति साढे ९ बजेको समयमा महुवनबाट डकैलातर्फ जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन सडकबाट ४ मिटर तल खसेपछि आगलागी भएको थियो ।
मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह वर्णवाल गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा राति १० बजे उनको मृत्यु भएको थियो ।
मोटरसाइकलमा पछाडि सवार पर्सा बहुदरमाई-५ पटनीका १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते भई नारायणी अस्पतालमै उपचाररत छन् । सुमो चालक फरार रहेकामा उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
२०८२ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








