रास्वपा : बुर्लाकोटी महामन्त्री र झा प्रवक्तामा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाको तेस्रो वर्षगाँठमा पार्टीको सांगठनिक संरचनामा पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि कार्यवाहकको जिम्मेवारीमा रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको पूर्ण जिम्मेवारी दिइएको हो ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उनीहरूलाई स्थायी जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालीन महामन्त्री मुकुल ढकालले पार्टी परित्याग गरेपछि रास्वपामा महामन्त्री पद रिक्त हुन पुगेको थियो । त्यसयता बुर्लाकोटीले कार्यवाहक महामन्त्री र झाले कार्यवाहक प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।

पार्टीले उनीहरूको कार्यसम्पादनलाई मूल्यांकन गर्दै स्थापना दिवसको अवसर पारेर जिम्मेवारीलाई स्थायी गरेको हो । कार्यवाहकको भूमिकाबाट पूर्ण जिम्मेवारीमा बढुवा भएका दुवै नेताले पार्टीलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =