बेँसीसहर–चामे सडक अवरुद्ध
२०८२ असार ६ गते

फाइल फोटो
लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, ‘ठूलाठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबिच बाटोमै अलपत्र परेका छन् ।’ पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उनको भनाइ छ । सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
त्यस्तै लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ ।
अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरूलाई बढी समस्या भएको छ ।
२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








