गृह मन्त्रालयद्वारा तीन सहसचिवको सरुवा, भक्तपुर र अर्घाखाँचीका सिडिओ फेरिए
२०८२ असार ५ गते

काठमाडौं । गृह मन्त्रालयले बिहीवार तीन जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयको निर्णयअनुसार भक्तपुर, अर्घाखाँची लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको सिडिओमा सरुवा गरिएको छ । यसअघि भक्तपुरमा कार्यरत सिडिओ गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ ।
त्यस्तै, अर्घाखाँचीका सिडिओ वेदप्रसाद अर्याललाई गृहमन्त्रालय वा त्यसअन्तर्गतको कार्यालयमा फिर्ता बोलाइएको छ ।
गृह प्रशासनको नियमित व्यवस्थापनअनुसार भएको सरुवालाई मन्त्रालयले प्रशासनिक सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको जनाएको छ ।

२०८२ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








