नेपाल स्काउट ऐन परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल स्काउटको ७४ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ऐन संशोधनमार्फत स्काउट भित्र देखा परेका समस्याहरू समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

‘नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी छ,’ मन्त्री चौधरीले भने, ‘समयमै नयाँ ऐन ल्याउन मन्त्रालय प्रभावकारी ढंगले काम गरिरहेको छ । यसले तीनै तहका सरकारहरूलाई थप जिम्मेवारी बोध गराउँदै कार्य सम्पादनमा सहयोग पुग्नेछ ।’

उनले विपद् जोखिम व्यवस्थापनका लागि स्काउट स्वयंसेवकहरूको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि थप तालिम तथा सरकारी लगानी आवश्यक रहेको बताए ।

मन्त्री चौधरीले स्काउटको आन्तरिक स्रोत व्यवस्थापन गरी कार्यक्रम विकास र विस्तार गर्न हालको नेतृत्वलाई निर्देशन दिएका छन् । साथै, स्काउटको स्रोत र सम्पत्ति एकीकृत गर्दै संस्थाको स्वामित्वमा ल्याई उचित व्यवस्थापन र परिचालनमा ध्यान दिन निर्देशन दिएका छन् ।

‘हामीले आपत्कालीन अवस्थामा स्काउटले महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने चाहन्छौं,’ उहाँले भने, ‘त्यसका लागि सरकारको तर्फबाट थप सहयोग र लगानीका लागि म स्वयं सक्रिय भूमिका खेल्नेछु ।’

स्काउटको व्यापक विस्तारका लागि सरकारको लक्ष्य सन् २०३२ सम्ममा सात लाख संस्था बनाउने रहेको पनि मन्त्री चौधरीले बताए ।

उनले समाजका सबै तह र तप्कामा स्काउटको बलियो उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर स्काउटको गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पु¥याई, समुदायस्तरमा सक्रिय बनाई समाजमा रहेका विकृति र विसंगतिहरूको अन्त्य गर्नु आजको आवश्यकता हो,’ मन्त्री चौधरीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =