भेस्पा र अप्रिलियाको ‘मनसुनमा फाइभएक्स मज्जा’ अफर सार्वजनिक, ७५ हजारसम्म नगद छुट

काठमाडौं । प्रिमियम स्कुटर ब्रान्ड भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले वर्षायामलाई लक्षित गर्दै ‘मनसुनमा फाइभएक्स मज्जा’ नामक विशेष अफर सार्वजनिक गरेको छ। ग्राहकलाई खरिदमा अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत विभिन्न पाँच आकर्षक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, अफर अवधिभर कुनै पनि भेस्पा वा अप्रिलिया स्कुटर खरिद गर्दा ग्राहकले ७५,००० रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन्। साथै, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को सवारी करमा समेत छुट दिइनेछ, जसले ग्राहकलाई थप आर्थिक राहत मिल्नेछ।

यसका अतिरिक्त, ग्राहकको सुविधालाई ध्यानमा राख्दै हालसम्मकै न्यूनतम ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र सहज एक्सचेन्जको व्यवस्था पनि गरिएको छ। यो अफरलाई अझै विशेष बनाउन कम्पनीले अनलाइन रजिस्ट्रेसनमा पनि थप सुविधा दिएको छ। आधिकारिक वेबसाइटमा गई दर्ता गर्ने ग्राहकले १०,००० रुपैयाँसम्मको ‘स्योर शट क्यास ब्याक’ जित्ने अवसर पाउनेछन्।

यति मात्र नभई, हरेक स्कुटरको खरिदमा ब्रान्डेड हेल्मेट, रेनकोट र स्कुटर कभर जस्ता अत्यावश्यक सामग्री उपहारस्वरूप निःशुल्क प्रदान गरिनेछ। नगद छुट, कर छुट, न्यूनतम ब्याजदरमा फाइनान्स, क्यास ब्याक र निःशुल्क एसेसरिज गरी पाँचवटा मुख्य सुविधा समेटिएकाले यो अफरलाई ‘फाइभएक्स मज्जा’ नाम दिइएको हो।

डेल्टा अटोकर्पले आफ्ना ग्राहकको सन्तुष्टिलाई सधैँ प्राथमिकतामा राख्दै गुणस्तरीय सवारी साधन र आकर्षक योजनाहरू निरन्तर ल्याइरहेको बताएको छ। यो मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले भेस्पा र अप्रिलिया खरिद गर्ने योजनामा रहेका ग्राहकहरूले नजिकैको शोरुममा सम्पर्क गर्न वा आधिकारिक वेबसाइटमार्फत थप जानकारी लिन सक्नेछन्। यो योजना नेपालभरका सबै आधिकारिक शोरुमहरूबाट उपलब्ध हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =