कांग्रेसभित्र गुटीय राजनीति र अराजकता बढ्दैछ : राठौर

राँझा । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको टिप्पणी गरेका छन् ।

नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी भएर उनले नेतृत्व तहबाटै गुटीय राजनीति भइरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं. २ को नयाँ कार्यसमिति घोषणा सभामा बोल्दै राठौरले विधि, विधान र प्रक्रियालाई बेवास्ता गर्दै अराजक गतिविधि बढाइएको बताएका छन् । “महामन्त्रीहरूसमेत प्रक्रिया बाहिर गई अराजकता फैलाउने काममा लागेको देखिन्छ,” उनले भने, “पार्टी लावालस्कर र होहल्ला गरेर चल्दैन, न त त्यसले लोकप्रियता नै ल्याउँछ ।”

राठौरको भनाइ अनुसार, पार्टीभित्र बढ्दो गुटीय ध्रुवीकरणले संगठनको अनुशासन र एकतालाई क्षति पु¥याइरहेको छ । उनले पदाधिकारीहरूले स्वार्थभन्दा माथि उठेर विधि र सिद्धान्तको पालना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं. २ को नयाँ कार्यसमिति घोषणा गरिएको हो । समितिको नेतृत्व सुरेन्द्रकुमार श्रेष्ठले गरेका छन् भने उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सहसचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =