व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरौँ : महामन्त्री शर्मा

 झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र तीनै तहको निर्वाचन सँगसँगै हुने भएकाले सबै कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको जितका लागि एकतामा जुट्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिद्वारा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीलाई मजबुत बनाउन जनताको बीचमा गएर सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । “देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएको हो,” उनले भने, “वर्तमान शासन व्यवस्थाको विकल्प छैन ।”

महामन्त्री शर्माले कार्यकर्तालाई अहिलेबाटै निर्वाचन लक्षित तयारीमा जुट्न आग्रह गर्दै, पार्टीको जित कार्यकर्ताको समर्पण र एकतामा निर्भर हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षता रहेको थियो । उक्त अवसरमा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया सात दिनभित्र सम्पन्न गरी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको जानकारी पनि दिइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =