भिजिट भिसा प्रकरणमा छानबिन समिति तत्काल गठन गरियोस् : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारले भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छिट्टै छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्दै बस्नेतले भिजिट भिसा प्रकरणले राष्ट्रिय सवाल र आम जनसरोकारको विषय लिएको हुँदा सरकारले गरेको प्रतिबद्धता अनुसार ३० दिन कुर्नु होइन, केही दिनभित्रै छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।

‘सरकारले ३० दिनभित्र समिति गठन गर्ने उद्घोष गरिसकेको छ । अब ढिलाइ नगरिकन केही दिनभित्र छानविन समिति बनाउनु पर्छ,’ उनले भने, ‘गृहमन्त्रीले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो व्यवहारमा लागू होस् ।’

सांसद बस्नेतले शिक्षा विधेयक असार १५ भित्रै पारित गर्ने सरकारको प्रतिवद्धता रहेको स्मरण गराउँदै कुनै बहानामा सरकार जिम्मेवारीबाट नपन्छियोस भन्ने आग्रह पनि गरे ।

उनले नागरिकता विधेयक, निजामती सेवा विधेयक, र बजेटका अन्य जनसरोकारका विषयहरूमा पनि गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित समस्या गम्भीर प्रकृतिका छन् । तिनीहरूको न्यायिक निरूपण, कानुनी समाधान, र दीर्घकालीन संरचनागत सुधार आवश्यक छ,’ उनले स्पष्ट पारे ।

सांसद बस्नेतले वर्तमान संकट समाधान गर्नका लागि संसदमा सहमति बनेको सम्झौताअनुसार सरकारले समयमै कार्यान्वयनमा देखिने कदम चाल्नुपर्नेमा जोड दिए । ‘प्रतिबद्धता मात्रै होइन, व्यवहारमा पनि जनताले परिवर्तन महसुस गर्न पाउनुपर्छ, उनले निष्कर्ष गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =