दुर्गा प्रसाईं लगायतलाई अदालत लगियो (तस्बिरहरु)

काठमाडौं । गत चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनामा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यान मुद्दामा थुनछेक बहसका लागि मंगलबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रहरी हिरासतमा रहेका प्रसाईंसहित हरिहरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूलाई अदालत लगिएको हो । उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको थियो ।

प्रसाईंलाई अदालत लगिँदा उनका समर्थकहरू अदालत परिसरभित्र पुगेका थिए । करिब दुई दर्जन समर्थक अदालतको प्यासेज र भर्याङहरूमा छरिएर प्रसाईंलाई हेर्न र हात हल्लाउन प्रयास गरिरहेका देखिन्थे ।

गत १५ चैतमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएको थियो भने केही सुरक्षाकर्मी घाइते भएका थिए ।  सोही घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =