हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रिन्छ : म्याट रस

काठमाडौं । हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन् ।
बुधवार हङकङद्धस्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङ लाई नजिकबाट नियालेको बताए ।
हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको बताए ।
रातीको खेलमा हङकङको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।
उनले भने, “हामीले एशियन च्याम्पियन्सीप छनोटमा लाओसविरुद्धको खेल पूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ। हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौँ । यो सुखद् पक्ष हो ।”
हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्टाए ।
हङकङसँगको उच्चस्तर खेल हुने बताएका मुख्यप्रशिक्षक रसले हङकङविरुद्ध आफूहरुले उत्कृष्ठ खेल प्रश्तुत गर्ने उल्लेख गरे । प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ट अभ्यास गरेको बताए ।
उनले भने, “हामी विपक्षीलाई सम्मान गछां। तरपनि पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेका छाँै ।”
बिहीवार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले आज बेलुका अन्तिम अभ्यास गरेको छ । हङकङले यसै मैदानमा केहीदिन अघि म्यानचेष्टर युनाइटेडसँग ३ एक गोल अन्तरले हारको स्वाद पाएको थियो । हङकङको टोली फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ ।








