आरसीबीको जितमा खुसी मनाउने क्रममा कम्तीमा १० को मृत्यु
२०८२ जेठ २१ गते

काठमाडौं । बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ ।
यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।
घटना स्थलमा लाखौँ मानिसहरूको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो ।
केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ ।
उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् ।
२०८२ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








