१४ औं कर्मचारी खेलकुद प्रतियोगिता बुधवारदेखि काठमाडौंमा हुने

काठमाडौं । तीन वटा खेल विधा समेटिएको १४ औं कर्मचारी खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौंमा शुरू हुने भएको छ ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) ले यहि जेठ २१ देखि २८ गतेसम्म १४ औं कर्मचारी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । विगतमा सार्वजनिक संस्थान खेलकुद विकास संघको नाममा सक्रिय रहेको इसानले यो प्रतियोगिता आयोजना गर्दैछ ।

यस प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस गरी कुल तीम खेल समावेश गरिएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा इसानका अध्यक्ष रामविनय श्रेष्ठले यस प्रतियोगिताको बारेमा जानकारी दिए ।

कर्मचारी खेलकुदमा ३ सय १८ खेलाडीहरुले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । फुटसलमा चार महिला १५ पुरुष टोलीको सहभागिता रहनेछ ।

ब्याडमिन्टनमा भने महिला तथा पुरुष सिंगल÷डबल्स, भेट्रान्स सिंगल÷डबल्स (४५ वर्षमाथि) एक्जुकेटिभ डबल्स (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) मा प्रतिष्पर्धा हुने भएको छ ।

त्यस्तै टेबलटेनिसमा महिला तथा पुरुष सिंगल÷डबल्स, मिक्स डवल्स र एक्जुकेटिभ सिंगल (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) को विधा समावेश गरिएको छ ।

यस प्रतियोगितामा नेपाल सरकारका पूर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दूरसञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीहरूले सहभागिता जनाउने छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ,कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल विधुत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमान्डौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, राष्ट्रिय जिवन विमा कम्पनी लिमिटेड, सार्वजनिक सेवा प्रशारण केन्द्र, कृषि सामाग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सहभागिता रहनेछ ।

ब्याडमिन्टन हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हल, टेबल टेनिस लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्र र फुटसल टोखास्थित ग्राण्डी स्पोर्टस सेन्टरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =