मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित
२०८२ जेठ १६ गते

काठमाडौँ । पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भएको हो ।
पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो ।
एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्ने छ ।
२०८२ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








