नेपाल एमेच्योर ओपन गल्फ हुने

काठमाडौं । दक्षिण एशियाका पाँच राष्ट्रका खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मंगलवारदेखि शुरु हुने भएको छ ।

आगामी मंगलवारदेखि गोकर्ण गल्फ कोर्समा नेपाल एमेच्योर ओपन च्याम्पियनसिपको ११ औं संस्करण हुन लागेको हो । नेपाल गल्फ संघको आयोजनामा हुने प्रतियोगिता स्टोक प्ले फरम्याटमा हुँदैछ ।

शुक्रवार संघले पत्रकार सम्मेलन मार्फत् प्रतियोगिताबारे जानकारी दिएको हो । पार–७२ को गोकर्ण गल्फ क्लबमा तीन दिनसम्म कुल ५४ होलमा प्रतिष्पर्धामा हुनेछ ।

नेपालसहित बंगलादेश, श्रीलंका, भूटान र भारतका गरी कुल पाँच राष्ट्रका खेलाडीले उपाधिका लागि खेल्नेछन् । पुरुषमा व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रका समान दुई खेलाडी चयन गरिएको छ ।

कुल ३६ होलको समाप्तीमा संयुक्त स्कोरका आधारमा विजेता तय गरिने संघका महासचिव तथा प्रतियोगिताका टेक्निकल डाइरेक्टर दीपक आचार्यले जानकारी दिए ।

आयोजक राष्ट्र नेपालले दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ । सहभागि खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि प्रतिस्पर्धा गर्नेछ । महिलामा नेपाल र भारतका खेलाडीले मात्र चुनौती प्रश्तुत गर्नेछन् ।

संघले श्रीलंकाका महिला खेलाडी अन्य प्रतियोगितामा व्यस्त भएको उल्लेख गर्दै भूटान र बङ्लादेशमा महिला गल्फ खेलाडी धेरै राम्रो नरहेको जनाएको छ । यस प्रतियोगितामा कुल ४५ पुरुष र १० महिला गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।

यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ ¥याङकिङद्वारा मान्यता पाएको संघले जनाएको छ । पुरुष तथा महिला खेलाडीहरूले पनि याङकिङ अंक प्राप्त गर्नेछन् । तर त्यसका लागि ९ ओभरभन्दा कम स्कोर हुनुपर्नेछ ।

यस प्रतियोगिताले नेपालको साथै दक्षिण एशियामा युवा विकास र एमेच्योर गल्फको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिने संघले जनाएको छ । एमेच्योरमा नेपाल नम्बर एक गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले नेपाल ‘ए’ बाट चुनौती प्रश्तुत गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =