सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन
२०८२ जेठ १५ गते

काठमाडौँ । सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण र सुरक्षित नागरिक आवास अन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्न ७५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
आगामी आर्थिक वर्षमा ७ सय २७ किलोमिटर सहरी तथा ग्रामीण सडक कालोपत्रे तथा स्तरोन्नति ४६ स्थानीय सडक पुल, २ सय झोलुंगेपुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताए । नगर विकास कोषको पुनः संरचना गरी लगानी क्षमता अभिवृद्धि गर्ने बताए ।
२०८२ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









