राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन,जनताकै विश्वासबाट खोजेका हौँ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताए ।

उनले २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट नभएको उल्लेख गरे ।

उनले अहिले पनि आफूहरुले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको बताए । उनले एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको बताए ।

अध्यक्ष लिङदेनले राजावादीहरु सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताए । उनले दलहरुसँगको सम्बन्ध बढाएर योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =