नुनको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गरिएको छैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट टे«डिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन् ।
सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले सरकारले गरेका निर्णयहरु क्रमशः स्पष्ट रुपमा बाहिर आउने गरेको भन्दै सरकारले कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने निर्णय नगरेको स्पष्ट पारे ।
उनले कर्पोरेशनले दिन नसकेको, पु¥याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्नेसम्मका सुझाव र छलफल गर्न सकिने बताए ।
सरकार अहिले बजेटको पूर्वतयारीमा लागेको र कुनै निर्णय नभएको जानकारी गराए ।
उनले साल्ट टे«डिङ कर्पोरेशनले विक्री गरिहेको साल्टमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएको गुनासो आएको भन्दै आफूले त्यसबारेमा पनि जानकारी लिएको बताए ।
मन्त्री भण्डारीले अहिले आएका अफवाहको अन्त्य गरी साल्ट टे«डिङ कर्पोरेशनको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए ।








