रेलिगेसनबाट जोगियो श्री कुमारी क्लव र ब्रिगेड ब्वाइज

काठमाडौं । श्री कुमारी क्लव र ब्रिगेड ब्वाइज क्लवले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार जित निकाल्दै रेलिगेसनबाट जोगिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा ब्रिगेड ब्वाइजले च्यासल युथ क्लवमाथि ४–१ को जित निकाल्दै रेलिगेसन संकट टारेको हो । ब्रिगेडको सहज जितमा मुकुन्दकुमार निउरेले ह्याट्रिक पूरा गरे । रोमन श्रेष्ठले एक गोल थपे ।

खेलको नवौं मिनेटमा रोमनको गोलबाट बिग्रेडले अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटपछि नै च्यासलले गोल फर्काउँदै बराबरीमा ल्यायो । च्यासलका लागि कमल थिङले गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम समयमा फेरि ब्रिगेड अग्रता लिन सफल भयो । मुकुन्दले नै गोल गर्दै ब्रिगेड ब्वाइजलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि ब्रिगेडले दुई गोल थप्यो । ५३औं मिनेटमा मुकुन्दले व्यक्तिगत दोस्रो गोल गरे । यससँगै ब्रिगेडले ३–१ को अग्रता बनायो ।

७१औं मिनेटमा मुकुन्दले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दुवै तर्पmबाट गोल हुन सकेन र बिग्रेडले ४–१ को जित निकाल्दै रेलिगेसन संकट टा¥यो ।

जितसँगै ब्रिगेडले १२ खेलबाट १५ अंक जोड्दै रेलिगेसन क्षेत्रबाट माथि उठेको हो । बराबरीले पनि ब्रिगेडको रेलिगेसन भय बढ्ने सम्भावना थियो । तर, जितसँगै ब्रिगेडले रेलिगेसनबाट एक अंकले माथि उक्लिएको हो ।

श्री कुमारी क्लबले पनि दशरथ रंगशालामा सरस्वती युथ क्लबमाथि २–० को जित निकाल्दै रेलिगेसनबाट जोगिएको हो । जितसँगै कुमारीले १२ खेलबाट १६ अंक पु¥याएको छ । सरस्वतीको समान खेलबाट १५ अंक छ ।

कुमारीको जितमा यमन महर्जन र मौसम राईले गोल गरे । खेलको ४४औं मिनेटमा यमनको गोलमार्फत कुमारीले शुरुवाती अग्रता लिएको थियो ।

यससँगै पहिलो हाफमा श्री कुमारीले १–० को अग्रता लियो । दोस्रो हाफमा पनि श्री कुमारीले एक गोल थप्यो । ९०औं मिनेटमा मौसमले गोल गर्दै कुमारीको सहज जित सुनिश्चित गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =