सरकारले कामबाट प्रतिपक्षको जवाफ दिओस् : माओवादी सांसद राई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारले प्रतिपक्षको जवाफ कामले दिनुपर्ने बताएकी छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रतिपक्षी सांसदहरुले प्रश्न गर्दा सत्ता पक्षका सांसदहरुले जवाफ फर्काउने गरेको भन्दै कामबाट जवाफ फर्काउन आग्रह गरिन् ।

उनले अहिलेको गठबन्धन ०८४ सम्म जाने भनिरहेको भन्दै माओवादीबाट शुभकामना दिइन् ।

उनले सत्तापक्ष दुई दलीय व्यवस्थामा जान खोजेको भन्दै माओवादीले दुई दलीय व्यवस्थामा जान नदिने उल्लेख गरिन् ।

उनले भनिन्– ‘प्रतिपक्षले आलोचना गर्दा सत्ता पक्षका सांसदहरुले त्यसको जवाफ दिने होइन । सरकारले त काम गरेर देखाउने हो । प्रधानमन्त्रीज्युको पार्टीका पदाधिकारीहरुले बाहिर पटक पटक भन्नुहुन्छ, यो समीकरण ०८४ सम्म जान्छ । शुभकामना छ । माओवादी पार्टी शुभकामना दिन्छ । जानस् ०८४ सम्म तर खबरदारी गर्न चाहन्छु, कतै दुई दलीय प्रणालीमा जान्छौँ कतै भनिरहनुहुन्छ, तर यसमा हामी भन्छौँ, हामी दिनेछैनौँ । माओवादीले दुई दलीय व्यवस्था गर्न दिनेछैन । बलेको बत्तीमुनि बसेर प्रतिपक्ष बत्ती गयो भन्छ भन्नुहुन्छ, तर के रहर हो, अध्याँरोमा बस्नलाई कुनै नेपाली नागरिकलाई रहर छैन । हामीलाई बाध्यतामा पार्ने परिस्थिति सिर्जना गर्दैछ सरकारले ।’

सांसद राईले संविधानमा व्यवस्था गरिएका विषयहरुलाई बहस गरेर ऐन बनाउने गरी बहस हुुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =