नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनलबाट बाहिरियो

काठमाडौं। साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग नेपाल पराजित भएको छ ।

शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो । यस पराजयसँगै नेपाल सेमिफाइनलबाट बाहिरिएको छ।

बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरे भने नेपालका लागि सुजन डंगोलले गोल फर्काए । खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। त्यसको ८ मिनेट पछाडि नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।

निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरे पनि समय अभावका कारण त्यो पर्याप्त बन्न भने असफल भयो ।

समूह चरणमा श्रीलंकाविरुद्ध ५-० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४-० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २-२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =