बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छ : ठाकुर गैरे

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

राज्यका निकायहरूले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजु बढ्दै गइरहेको उनको भनाइ छ । सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौँ भन्दै प्रश्न गरे ।

उनले भने ‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ । बेरुजु यही हिसाबले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ रु आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेरुजु भएको छ ।’

उनले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य सङ्घसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =