पवनदीप राजनको स्वास्थ्यमा सुधार, कहिले हुन्छन् डिस्चार्ज ?

काठमाडौँ । ‘इन्डियन आइडल १२’ का विजेता र गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार आएको छ ।

उनको स्वास्थ्यमा सुधार आएको भारतीय सञ्चार माध्यम डेलि ट्रेन्डिङ न्यूजले उल्लेख गरेको छ ।

डेलि ट्रेडिङ न्यूजका अनुसार अहिले पवन आर्थोपेडिक्स टिमको रेखदेखमा रहेको अस्पतालले जनाएको छ । उनको हालत अहिले स्थिर र पहिले भन्दा राम्रो हुँदै गइरहेको छ । यस बाहेक पवनको थिजियोथेरापी पनि सुरु भइसकेको छ ।

यसबाहेक अस्पतालले उनको डिस्चार्ज बारे भनेको छ ‘यदि उनको हालतमा सुधार भयो भने यो हप्ता त उनलाई अस्पतालबाट छुट्टी मिल्न सक्छ ।’

गत ५ मेमा उनको कार दुर्घटना भएको थियो ।

उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा कार दुर्घटना हुँदा उनसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर घाइते भएका थिए ।

उनीहरू उत्तराखण्डको चन्पावतमा बस्थे । करिब रातको २ः३० बजे कार चलाइरहेका ड्राइभरलाई निद्रा लागेपछि दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =