रिड्डारा आरडी६ पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘इभोल्भ टु रिड्डारा एक्सचेन्ज’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित EV पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्ने जनाएको छ ।

४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किलो оват- आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन् । साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ ।

यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बिमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =