नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री
२०८२ वैशाख २८ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएका हुन् ।
उनले नयाँ विधिबाट फोहर मैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए ।
प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गरे ।
२०८२ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








