नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न 

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

नाडाले वैशाख २४ र २५ गते ललितपुरमा सुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो  ।

सो तालिमले अटोमोबाइल वकर्शपहरुमा सुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको नाडाले जनाएको छ । नाडाका अनुसार विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरू सहभागी भएको सो तालिम कार्यक्रम जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृितहरुका सम्बन्धमा जानकारीहरू प्रदान गरिएको थियो ।

नाडाका १२ सदस्य कम्पनीहरूबाट २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओ.यस.यच. विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो ।

इन्स्योरसंगको सहकार्यमा नाडाले दुई वर्ष अघि देखि अटामोबाइलसंग सम्बन्धित विभिन्न विषयहरूमा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबुमल्ल तथा इन्स्यारे परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले २० जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । सो समापन कार्यक्रम नाडाका  केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी समेतको उपस्थिति रहेको थियो । सो तालिम कार्यक्रमका संयोजन तथा व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *