हुन्डाईद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना


काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कम्पनीको अनुसार नयाँ क्रेटा EV (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुबिधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ ।
धेरै मानिसलाई EV लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ । तर नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी EV र दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले यस्तो चिन्ता गर्नु नपर्ने हुन्डाईले जनाएको छ ।
हुन्डाईका ग्राहकहरूले होस् वा पेट्रोल गाडी,सेवा, पार्ट्स र सपोर्ट समान रूपमा पाउने बताएको छ ।
कम्पनीले यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफै पुगिरहेको जनाएको छ। यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा EV सार्वजनिक गरिएको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरूले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन् ।
