भारत उच्च सतर्कतामा : स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द, शिक्षण संस्था बन्द

काठमाडौं  । छिमेकी मुलुक पाकिस्तानसँग चर्किएको तनावका कारण भारतले मुलुकभर उच्च सतर्कता अपनाएको छ । पछिल्ला दिनहरूमा पाकिस्तानबाट भएका लगातार ड्रोन आक्रमणपछि भारतका ६ राज्यमा स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरूको बिदा रद्द गरिएको छ भने शिक्षण संस्थाहरू बन्द गरिएको छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहार राज्यहरूमा सतर्कता बढाएको हो । सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको र रणनीतिक स्थानहरूमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको बताइएको छ ।

विशेष गरी पाकिस्तानसँग सिमा जोडिएका पञ्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जिल्लामा तीन दिनका लागि सबै स्कुल तथा कलेज बन्द गरिएका छन् ।

सुरक्षा चुनौतीसँग जुध्न भारत सरकारले व्यापक तयारी थालेको छ । आन्तरिक प्रशासनिक संयन्त्र सुदृढ गर्नुका साथै संवेदनशील क्षेत्रमा सतर्कता बढाइएको छ । सीमापारबाट भइरहेका गतिविधिलाई मध्यनजर गर्दै सुरक्षाका अतिरिक्त उपायहरू पनि अपनाइएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =