‘जनै हराएको बाहुन’ को मेकअपमा बलिउड टच, स्पेसल सिनका लागि जोडिए अयाज शेख

काठमाडौँ । यतिखेर चलचित्र ‘जनै हराएको बाहुन’ को छायाङ्कन भइरहेको छ ।

भदौ १० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जनै हराएको बाहुन’ को छायाङ्कन तीव्र पारिएको छ ।

यसै सिलसिलामा भारतका मेकअप आर्टिस्ट अयाज शेख पनि चलचित्र ‘जनै हराएको बाहुन’ टिमसँग जोडिएका छन् । उनी चलचित्रको एक स्पेसल सिनको मेकअपका लागि जोडिएका हुन् ।

अयाज शेख भारतका एक चर्चित मेकअप आर्टिस्ट हुन् । उनले विभिन्न फिल्म, टेलिभिजन शो, विज्ञापन, र फोटोशूटहरूमा काम गरि सकेका छन् । उनी धेरै सेलिब्रेटीहरूको मेकअप आर्टिस्टका रूपमा पनि परिचित छन् । मेकअप क्षेत्रमा उनको दशकभन्दा बढीको अनुभव छ ।

चलचित्र ‘जनै हराएको बाहुन’मा गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबिचको भावनात्मक कथा भन्ने निर्माण टिमले जनाएको छ ।

चलचित्रमा अभिनेता विजय बराल, गौरव पहाडी, रियर राई तथा अभिनेत्री केकी अधिकारी र मिरुना मगर लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रको असोसियट निर्देशकमा मनिष राउत रहेका छन् । पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =