भारत र पाकिस्तानबिचको आक्रमणमा एकै परिवारका १४ जना मारिए

काठमाडौं । भारत र पाकिस्तानबिच भएको हवाई आक्रमणबाट पाकिस्तानका उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको एकै परिवारका १४ जना मारिएका छन् ।

बुधवार जारी गरिएको विज्ञप्तिमा अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरीको मृत्यु भएको जनाएको हो ।

यसका साथै अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीमध्ये एककी आमा आक्रमणमा मारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =