भयानक दुर्घटनामा परे पवनदीप राजन
२०८२ वैशाख २२ गते

काठमाडौँ । ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन भयानक दुर्घटनामा परेका छन् ।
भारतीय सञ्चार माध्यम फिल्मीबिटका अनुसार उक्त दुर्घटनामा उनलाई अत्याधिक चोटपटक लागेको छ ।
अहिले उनी अस्पतालमा रहेको फोटो सार्वजनिक भएको छ । जहाँ उनी बेहोसी हालतमा देखिएका छन् ।
सञ्चारमाध्यमका अनुसार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा उनी कार दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा उनी सँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर पनि घाइते भएका छन् ।
उत्तराखण्डको चन्पावतमा बसेका उनीहरू रातको करिब २:३० बजे कारसंगै निस्केका थिए ।
तर ड्राइभरलाई निद्रामा परेपछि उक्त दुर्घटना भएको बताइएको छ ।
पवनदीप अहिले नोएडाको फोर्टिस हस्पिटलमा आइसियुमा छन् ।
उनको बायाँ खुट्टामा र दायाँ हातमा चोट लागेको छ भने ड्राइभरको स्थिति पनि गम्भीर रहेको बताएको छ ।
२०८२ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








