करण परियारको गीत ‘सम्झना’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ ।

स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन् । आइडलको विजेता भएपछि करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् ।

भिडियो सार्वजनिक गरेपछि करण भन्छन् ‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरू सार्वजनिक गर्नेछु । केही नयाँ तयारी पनि भैरहेको छ।’

उनले थपे ‘मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकका लागि भए पनि म आफैले राम्रा गीतहरू बनाउनुपर्ने हुन्छ र मेरो चाहाना पनि त्यही नै हो।’

रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडियोमा करण र रोहित फिचर्ड छन् । भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन् । भिडियोलाई सुशील घिमिरेले सम्पादन र कलर गरेका हुन ।

हेर्नुहोस् भिडिओ ;

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =