पिंगलास्थानबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडि शंकास्पद अवस्थामा फेला परेका चार जनालाई प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, दुईवटा मोटरसाइकलमा सवार ती व्यक्तिहरू शंकास्पद देखिएपछि सोमबार नियन्त्रणमा लिइएको हो ।

घटनाबारे जानकारी दिँदै सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूसँग रहेको ठूलो रकमको वैध स्रोत खुल्न नसकेको बताए । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेर सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार रकम कसरी संकलन गरियो, कुन प्रयोजनका लागि ल्याइएको थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =