दक्षिणपश्चिम भारतमा भागदौडमा ६ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य गोवाको एक मन्दिरमा शनिवार बिहान धार्मिक उत्सवको क्रममा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ ।

अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । गोवाको शिरगाओ क्षेत्रमा अवस्थित श्री लैराई देवी मन्दिरमा भागदौड भएको थियो ।

घाइते दश जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे ।

राज्य सरकारका एक अधिकारीले भागदौडको कारणको बारेमा अनुसन्धान शुरु गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =