नीति तथा कार्यक्रम वर्तमान समस्या समाधान गर्नेगरी आएको छ : बलराम अधिकारी

काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नीति तथा कार्यक्रम तत्काल देखिएका समस्या समाधान गर्न र वर्तमान परिस्थितिलाई सम्बोधन गर्नेगरी आएको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै नीति तथा कार्यक्रम वर्तमानको माग सम्बोधन गर्नेगरी आउने भएकाले सत्ता पक्षमात्र नभई प्रतिपक्षीले पनि ताली बजाएर स्वागत गरेको प्रतिक्रिया दिए ।

नीति तथा कार्यक्रममा विगतका कुरालाई पछ्याउनुपर्छ भन्दा पनि विगतका कार्यक्रमलाई कति स्थान दिन सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए । उनले यो एउटा मर्यादा र सिस्टममा रहने परिपाटी भएकाले यसमा विकासका लागि आवश्यक संविधान संशोधनदेखि नियम कानुन परिमार्जनसम्मका कुराहरू समेटिएको स्पष्ट पारे ।

उनले भने ‘नीति तथा कार्यक्रम आउनुभनेको वर्तमानको माग सम्बोधन गर्ने गरी हो । हिजोकोलाई पछ्याउनुपर्छ भन्ने छैन तरपनि वर्तमानको माग कति सम्बोधन भयो त्यो महत्वपूर्ण विषय हो । नीति तथा कार्यक्रम तत्काल देखिएका समस्या समाधान गर्न र वर्तमान परिस्थिति अनि आवश्यकतालाई सम्बोधन गर्नेगरि नै आएको छ । विकासका लागि आवश्यक संविधान संशोधनदेखि नियम कानुन परिमार्जनसम्मका कुराहरू यसमा समेटिएका छन् । त्यसैले सबै पक्षलाई समेटिएको कुरा त सुन्दा पनि थाहा भइहाल्छ नि । त्यसैले वर्तमानको आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम आएको छ । त्यसैमा टेकेर बजेट आउँछ । तर, साधन स्रोत नै नभएको कुरा ल्याएर हुँदैन भएका साधन स्रोत परिचालन गरेर समाधान दिनसक्नेगरि आएको छ ।’

नीति तथा कार्यक्रम गर्नै नसकिने गरी कहिल्यै नआउने र भएका साधन स्रोत परिचालन गरेर समाधान दिनसक्ने गरी आउने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =