भूमि सम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट पारित गरिने

काठमाडौँ । सरकारले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने घोषणा गरे ।

उनले भने ‘भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बोसवासीको व्यवस्थापन गरिने बताउनु भयो । आइटी आधारित भूसूचना प्रणाली स्तरोन्नति गरी सेवा प्रवाहमा सुधार गरिनेछ । भूमिको नाप जाँच र तथ्याङ्क व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ । भूमिको उचित प्रयोग गर्न भू—उपयोग योजना कार्यान्वयन गरिनेछ । भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ ।’

यसअघि सरकारले संसद नभएको बेला भूमि सम्बन्धी अध्यादेश ल्याएको थियो । संसदबाट पास गर्न मुस्किल भएपछि त्यसलाई फिर्ता लिएको थियो । फेरि आगामी वर्षमा भूमि विधेयक अघि बढाउने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =