संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नुहोस् : विमलेन्द्र निधि

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको जनसम्पर्क समितिद्वारा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपाली जनसम्पर्क समिति पहिलो पटक बिपी कोईरालाले भारतमा स्थापना गरेको बताए । उनले विश्वभर क्रियाशील रहेको काँग्रेसको जनसम्पर्क समितिले सबै प्रवासीसँग सम्बन्ध राख्ने बताए । उनले प्रवासी नेपालीहरूलाई हुने कानुनी समस्यालाई समाधान गर्न पार्टीको तर्फबाट पहल गर्ने बताए । प्रवासी नेपालीले देशको विकासका लागि आर्थिक तथा वैचारिक योगदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने ‘नेपाली जनसम्पर्कको स्थापना बिपी कोइरालाले भारतको बम्बईमा गर्नुभएको थियो । र आज ३७ वटा देशमा जुन बेला भारतमा मात्रै थियो त्यसमा पनि बम्बईमा बढी नेपालीहरू बस्ने भएकाले त्यहाँबाट प्रारम्भ भएको । नेपाली काँग्रेस र नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई ऊर्जा प्रदान गर्न, सफलता प्रदान गर्नका लागि रिस्क लिएर गरिएको थियो । अजाको सन्दर्भमा नेपामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अवलम्बन गरेका छौँ । एउटा कुरा के हो भने जनसम्पर्क समन्वय विभागले संसारमा रहेको नेपाली दाजुभाइहरू खास गरेर नेपाली काँग्रेससँग सम्बन्धित सरोकार राख्नेहरूको दुई तीन किसिमको भूमिकाका लागि हामी अनुरोध गर्दछौँ । एउटा नेपालको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको पक्षमा राजनीतिक रुपमाले जनमत र समर्थन सिर्जना गर्नका लागि म अनुरोध गर्न चाहन्छु । दोस्रो कुरा नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्ने दाजुभाइहरूको तर्फबाट वैचारिक वा आर्थिक जे योगदान हुनसक्छ त्यस्तो भूमिकाका लागि पनि अनुरोध गर्न चाहन्छु । तेस्रो कुरा २०८४ मा हुने नेपाली काँग्रेसको चुनावमा तपाईँहरूको बाहिरबाट र देशभित्रबाट नेपाली काँग्रेसको पक्षमा मतदान कसरी हुनेछ त्यसका लागि पनि सहयोग गर्न सक्रिय भइदिन अनुरोध गर्दछु ।’

नेता निधिले २०८४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सहयोग गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =