‘हाउसफुल ५’ को अफिसियल टिजर सार्वजनिक

काठमाडौँ । भारतीय कमेडी चलचित्र हाउसफुलको पाँचौँ भागको अफिसियल टिजर सार्वजनिक भएको छ ।

हिजो बुधवार हाउसफुल ५ को अफिसियल टिजर सार्वजनिक भएको हो ।

यो नयाँ भागले केवल समस्या, भ्रम र हास्य मात्र होइन, एउटा ‘किलर ट्विस्ट’ समेत ल्याएको निर्माण टिमले दाबी गरेका छन् ।

फिल्ममा बलिउडको सबैभन्दा ठूलो स्टार कास्ट देख्न पाइनेछ । जसमा अग्रपंक्तिका कलाकारहरू अक्षय कुमार, अभिषेक बच्चन, र रितेश देशमुख छन् । उनीहरूलाई साथ दिन आउनेछन् ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फख्री, संजय दत्त, ज्याकी श्रॉफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, र अन्य धेरै चर्चित अनुहारहरू ।

हाउसफुल ५ मा बलिउडका लिजेन्डदेखि लिएर फ्यान मनपर्ने कलाकारहरू सबै एउटै छानामुनि रमाइलो र हाँसोको बर्सात हुने अनुमान लगाउन सकिन्छ ।

फिल्म तरुण मनसुखानीको निर्देशनमा बनेको हो भने साजिद नाडियाडवालाले निर्माण तथा कथा र स्क्रिन प्ले लेखेका छन्।

टिजरले फिल्ममा हास्यसँगै रहस्यमय मोड पनि ल्याउने संकेत गरेको छ।

टिजरको रमाइलो ऊर्जा, भव्य सेट डिजाइन र कमेडी टाइमिङले पहिले नै इन्टरनेटमा फ्यान थ्योरी र मीमहरूलाई जन्म दिइसकेको छ।

‘हाउसफुल ५’ २०२५ जुन ६ मा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =