‘बलिदान’ को प्रि–टिजरले युट्युब ट्रेन्डिङमा तहल्का

काठमाडौँ । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि–टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ ।

यसका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यसैबीच, प्रि–टिजरले समाचार तयार पार्दासम्म ५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ र विदेशमा समेत उत्तिकै चासोपूर्वक हेरिएको छ । विशेषतः नेपालीहरूको बाक्लो बसोबास रहेका युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरिया लगायतका मुलुकमा पनि प्रि-टिजर ट्रेन्डिङमा रहेको छ ।

देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहितको प्रि–टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ ।

‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई’ जस्ता संवादहरूले दर्शकमा राष्ट्रिय भावना झन् गहिरो बनाएका छन् । भिडियोकै अन्त्यतर्फ समीरको चिच्याहटले दृश्यलाई अझ सशक्त बनाएको छ ।

निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ समीर भट्टको बहु आयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । आसुसेन फिल्म्स् प्रा।लि। को प्रस्तुति रहेको चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

प्रि-टिजर:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =