चलचित्र ‘बलिदान’ को प्रि–टिजर सार्वजनिक (भिडिआ)
२०८२ वैशाख १७ गते

काठमाडौं । अभिनेता समीर भट्टको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ ।
चलचित्रका निर्माताले बुधवार समीरको जन्मदिन पारेर प्रि–टिजरका रूपमा ४२ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् । टिजरमा समीरको द्वन्द्वात्मक प्रस्तुति झल्काइएको छ ।
निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले चलचित्रलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यस चलचित्रमा कलाकारको सशक्त टिम रहेको छ । चलचित्रमा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
२०८२ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








