बजाजले ल्यायो नयाँ आकर्षक अफरसहित ‘बजाज ग्रान्ड कार्निभल’ योजना (तस्बिरहरु)

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले मंगलबार देखि ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भैरहेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत् ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो । यस मार्फत ग्राहकहरूले विभिन्न आकर्षक अफरहरू पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका मोटरसाइकलहरू ग्राहकहरूलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गरेको छ । ग्राहकहरूले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।

साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रियालाई सहज बनाउन ‘बजाज ग्रान्ड कार्निभल’ योजनाले सरल बनाउने भएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ ।

साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहकहरूको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =