१५ सहिद जन्माएको बस्तीमा अध्यक्ष प्रचण्डको बास

कञ्चनपुर । जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति बास बसेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो । खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् ।

जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *