आन्दोलनरत शिक्षकहरूसँगको वार्ता: गृहमन्त्री लेखक पनि सहभागी, निस्किए अर्थमन्त्री पौडेल
२०८२ वैशाख १६ गते

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच मङ्गलवार साँझ ८ बजेदेखि वार्ता जारी रहेको मन्त्रीका स्वकीय सचिव बाबुकृष्ण भेटवालले जानकारी दिए ।
भेटवालका अनुसार वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि वार्तामा सहभागी भएर निस्किसकेका छन् ।
महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा आज पुनः वार्ता भइरहेको जनाइएको छ । शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।
२०८२ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित










