अण्डाको मूल्यमा वृद्धि, किसानलाई राहत

काठमाडौं । पछिल्लो समय अण्डाको मूल्य लगातार घटिरहेको थियो, जसले कुखुरापालक किसानलाई ठूलो चिन्तामा पारिरहेको थियो । तर, हालको मूल्य वृद्धिले किसानहरूलाई केही राहत प्रदान गरेको छ ।

गत वर्ष एक क्रेट (३० गोटा) अण्डाको मूल्य रु ५२५ सम्म पुगेको थियो, जुन घटेर रु ३५० मा पुगेको थियो । तर, अहिले अण्डाको मूल्य पुनः वृद्धि भएर रु ४५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० गोटा) रु ४३०, मध्यम अण्डाको रु ३८० र ‘एक्सएल’ अण्डाको रु ४५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु ३५० सम्म झरेको थियो । शनिबार सम्पन्न संघको छलफलले अण्डाको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

अण्डाको मूल्यमा भएको यो वृद्धि किसानका लागि केही राहतको संकेत भएको पोखरेलले बताए । उनले भने, ‘वृद्धिको कारण गर्मीका कारण अण्डा उत्पादन घट्नु र बजारमा माग बढ्नु हो ।’ उच्च गर्मीले कुखुरामा विभिन्न रोगहरूको समस्या सिर्जना गर्दा अण्डा उत्पादनमा कमी आएको र यसका कारण मूल्य बढेको बताइएको छ ।

अण्डा फार्म मूल्य अनुसार, ‘एक्सएल’ अण्डा प्रति पेटी (सात क्रेट) रु ३,१४०, ठूलो अण्डा रु ३,000 र मझौला अण्डा रु २,६५० कायम गरिएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६.५६ पर्ने हुँदा, उच्च मूल्यमा ठूलो अण्डा प्रति पेटी रु ३,६७५ सम्म पुगेको थियो ।

किसानहरूलाई मूल्य घट्दा लागत मूल्य पनि पूरा गर्न गाह्रो भइरहेको थियो । पोखरेलका अनुसार, ‘किसानले अण्डा उत्पादन गर्ने मूल्य नपाउँदा धेरै विस्थापित भएका छन् ।’ यद्यपि, अहिलेका नयाँ मूल्य निर्धारणले किसानलाई उत्साहित तुल्याएको छ । संघका सचिव मदन पोखरेलका अनुसार, ‘अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ, यसका कारण मूल्य क्रमशः बढ्ने सम्भावना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *