ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

२०८२ वैशाख १३ गते

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर सिटी एफसी च्याम्पियन बन्यो ।
ललितपुरले लगातार दोस्रो पटक एनएसएलको उपाधि जितेको हो ।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।
ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।

२०८२ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित