शिक्षकहरू छाता ओढेरै आन्दोलनमा उत्रिए (तस्बिरहरू)
२०८२ वैशाख १० गते

काठमाडौं । आन्दोलनको आज २२ औँ दिन पनि शिक्षकहरू छाता ओढेर आन्दोलनमा उत्रिएका छन् ।
गर्मी बढेसँगै शिक्षकहरू छाता ओढेर आन्दोलनमा उत्रिएका हुन् ।
पानी पर्दा होस् वा घाम लाग्दा, छाता ओढेरै भए पनि शिक्षकहरूको आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
आन्दोलनमा शिक्षकहरू कहिले नाचगान, कहिले कालो माक्स लगाएर, कहिले दिउँसै टर्च बालेर, कहिले सिठ्ठी बजाएर आन्दोलन गर्दै आएका थिए ।
विगतमा भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको हो ।

२०८२ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








