चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)

काठमाडौं । विश्व फुटबलका महान खेलाडीमध्ये एक, ब्राजिलका पूर्व डिफेन्डर रोबर्टो कार्लोस नेपाल आएका छन् । नेपाल सुपर लिग (एनएसएल)को खेल अवलोकन गर्न काठमाडौं उत्रिएका कार्लोस आज दशरथ रंगशालामा हुने दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।

खेल बुधबार धनगढी एफसी र पोखरा थान्डर्सबीच हुनेछ । ५१ वर्षीय कार्लोस सन् २००२ को फिफा विश्वकप जित्ने ब्राजिलियन टिमका अहम सदस्य थिए । उनले सन् १९९२ देखि २००६ सम्म राष्ट्रिय टिमबाट खेल्दै फुटबलमा ठूलो योगदान दिएका थिए । कार्लोसको उपस्थितिले नेपाली फुटबल प्रेमीहरूमा उत्साह थपिएको छ ।

कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान एनएसएल आयोजकले स्वागत गरेका थिए । नेपाल आउँदा खुशी लागेको उनले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *