वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने


काठमाडौं । वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ ।
आईतवार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी दिइएको छ ।
कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताको लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ ।
कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ ।
पत्रकार सम्मेलनका क्रममा बौल्दै गायक तथा संगीतकार दीप श्रेष्ठले संगीतमा आधुनिकरण बढिरहेको र ट्रयाकमा गाउने कुरा गायकहरुका लागि राम्रो नभएको बताए ।
उनले समसामयिक गीतहरु लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गरे ।
