अभिनेत्री नीति शाहले सुटुक्क गरिन् कानूनी विवाह

काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाहले आफ्ना प्रेमी याञ्चित राणासँग कानुनी रूपमा वैवाहिक सम्बन्धमा बाँधिएको पुष्टि भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा दुबैले कोर्ट म्यारिज गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरूको विवाह प्रक्रिया सम्पन्न भएको हो । पेशाले एरोस्पेस इन्जिनियर रहेका याञ्चित र अभिनेत्री शाहबीच झण्डै दुई वर्षभन्दा लामो प्रेम सम्बन्ध रहेको बताइएको छ । सामाजिक सञ्जालमा पनि याञ्चितले नीतिसँगका रमाइला र रोमान्टिक तस्बिरहरू सार्वजनिक गर्दै आएका थिए ।

नीति शाहले ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी हुन् । अभिनय क्षेत्रमा उनले ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी थिइन् भने पछिल्लो समय महानायक राजेश हमालसँगको जोडीमा ‘नरसिंहा अवतार’ फिल्ममार्फत ठूलो पर्दामा देखिन लागेकी छन् । यसअघि उनले अभिनय गरेको ‘ज्वाइँ साब’ फिल्मले पनि राम्रो चर्चा पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *