ढकमक्क जाकारान्डा (तस्बिरहरू)
२०८२ वैशाख ५ गते

काठमाडौं । राजधानीका धेरै सडक किनारामा जाकारान्डा फूल फुलेर बाटोहरू सुन्दर देखिएको छ ।
जाकारान्डा फूलले यति बेला दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, अनामनगर, सुन्धारा लगायत धेरै सडकहरूको शोभा बढाइरहेको छ ।
यसै गरी काठमाडौँको कमलपोखरी वरपर जाकारान्डा फूल ढकमक्क फुल्नुको साथै कमलपोखरी किनारामा छुट्टै सुन्दरता छाएको छ ।
उसो त यहाँ धेरै मानिसहरु घुम्न आउने गर्दछन् । अहिले फुलको सुन्दरताले झनै मानिसहरूको आकर्षक बढ्दै गएको छ । घुम्न आउने मानिसहरुपनि फुलसँगै रमाउँदै फोटो खिच्ने, टिकटक बनाउने गर्दछन् ।
२०८२ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित